इंग्ल्याण्डविरुद्ध ड्र-को साथ भारत सेमिफाइलमा दौड़मा कायम

IMG-20260820-WA0204

एम्सटलवीन (नीदरल्याण्ड): भारतीय महिला हकी टोलीले आफ्नो प्रभावशाली प्रदर्शनको क्रम जारी राख्दै एफआईएच हकी विश्व कपको अघिल्लो राउण्डमा स्थान बनायो। बिहीवार भारत र ईंग्ल्याण्डबीच खेलिएको पूल डी-को म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यस ड्र-को साथै भारत अजेय रहेर दोस्रो राउण्डमा पुग्यो जबकि ईंग्ल्याण्डको अभियान चाहिँ ४ अंकको साथ ग्रुप चरणमै समाप्त भयो। पूल डी-मा भारत ५ अंकको साथ चीनपछि दोस्रो स्थानमा रह्यो। भारतले ओलम्पिक रजत पदक विजेता तथा विश्वको चौथो नम्बरको टोली चीनविरुद्ध २-२-ले ड्र-को साथ विश्व कपमा अभियान शुरु गरेको थियो। त्यसपछि भारतले दोस्रो म्याचमा दक्षिण अफ्रिकाविरुद्ध ६-१-ले सजिलै जीत हासिल गरेको थियो। आत्मविश्वासी भारतले आज ईंग्ल्याण्डविरुद्ध गोलरहित ड्र-को साथ सेमिफाइनलमा खेल्ने सम्भावनाहरूलाई पनि कायम राख्यो। भारतीय टोली टुर्नामेण्टमा अहिलेसम्म अजेय रहेको छ। आजको म्याचमा दुवै टोलीले गोल गर्ने धेरै मौका बनाए पनि अन्तिम सिटी बज्दासम्म कसैले बढ़त हासिल गर्न सकेन। भारतीय महिला टोलीले म्याचमा १२ वटा पेनल्टी कर्नर गुमायो।

About Author

Advertisement