नयाँ दिल्ली: भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा पूर्व विदेश सचिव तथा कूटनीतिज्ञ हर्षवर्धन शृङ्खलाले ‘हर घर तिरङ्गा’ अभियान अन्तर्गत नयाँ दिल्लीस्थित आफ्नो निवासमा राष्ट्रिय ध्वजात्तोलन गरेका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सञ्चालित ‘हर घर तिरङ्गा’ अभियानले प्रत्येक भारतीयको मनमा राष्ट्रप्रेम, गौरव र एकताको भावनालाई थप सुदृढ बनाइरहेको उल्लेख गरेका छन्।










