सिलगढी: पुलिस कमिश्नरेटद्वारा ८०औँ स्वतन्त्रता दिवस भव्य रूपमा सम्पन्न

3242deae-4025-43ed-adc3-64aab1c4ba3b

सिलगढी: ​सिलगढी पुलिस कमिश्नरेटद्वारा ८०औँ स्वतन्त्रता दिवस अत्यन्त देशभक्ति, उत्साह र गर्वका साथ मनाइएको छ। सो अवसरमा सिलगढीका पुलिस कमिश्नर श्री सेयद वाकार रजा (आईएएस)ले वरिष्ठ पुलिस अधिकारीहरू तथा कर्मचारीहरूको उपस्थितिमा राष्ट्रिय झण्डात्तोलन गर्नुभयो।
​कार्यक्रममा ब्रह्मा कुमारीका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। सो क्रममा पुलिस कर्मचारीहरूले देशमा शान्ति, एकता, अखण्डता र समर्पित सेवा कायम राख्ने तथा जनताको सुरक्षा र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामूहिक शपथ ग्रहण गरेका थिए। यो समारोहले देशभक्ति, अनुशासन र समर्पणको भावनालाई जीवन्त बनाएको कमिश्नरेटले जनाएको छ।

About Author

Advertisement