​सिलगढीमा भव्य ‘तिरंगा यात्रा’

FB_IMG_1786727103324

मुख्यमंत्री शुभेन्दु अधिकारीको नेतृत्वमा पश्चिम बंगालले नयाँ दिशा लिएको दाबी

सिलगढी: भारतीय जनता पार्टी (भाजपा) सिलगढी सांगठनिक जिल्लाको आयोजनामा आज सिलगढी तथा आसपासका क्षेत्रमा भव्य ‘तिरंगा यात्रा’ सम्पन्न भएको छ। देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले आयोजित उक्त र्‍यालीमा हजारौँ स्थानीय नागरिक तथा पार्टी कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
​र्यालीमा सहभागीहरूले हातहातमा भारतीय राष्ट्रिय ध्वज (तिरंगा) बोकेर देशभक्तिका नारा लगाएका थिए। कार्यक्रममा बोल्दै स्थानीय नेताहरूले तिरंगा केवल एउटा झण्डा मात्र नभएर भारतको स्वतन्त्रता, सार्वभौमसत्ता र करोडौँ भारतीयहरूको एकताको प्रतीक भएको बताएका छन्।
​’प्रधानमन्त्री मोदीको नेतृत्वमा सुरक्षित र सशक्त भारत’
​कर्याक्रमलाई सम्बोधन गर्दै नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत विश्वमञ्चमा एउटा शक्तिशाली, सुरक्षित र स्वाभिमानी राष्ट्रको रूपमा उभिएको दाबी गरे। राष्ट्रिय सुरक्षा, आर्थिक सुदृढीकरण र जनकल्याणकारी योजनाहरूको प्रभावकारी समन्वयका कारण देशवासीमा अभूतपूर्व आत्मविश्वास बढेको उनीहरूको भनाइ थियो।
​पश्चिम बंगालमा मुख्यमंत्री शुभेन्दु अधिकारीको चर्चा
​र्‍यालीका क्रममा पश्चिम बंगालको वर्तमान राजनीतिक र प्रशासनिक अवस्थाबारे चर्चा गर्दै भाजपा नेताहरूले प्रदेशमा मुख्यमंत्री शुभेन्दु अधिकारीको नेतृत्वमा नयाँ राजनीतिक दिशा निर्माण भइरहेको बताए। राज्यमा सुशासन, दु्रत विकास, बलियो प्रशासन र नागरिकहरूको सुरक्षाका लागि मुख्यमंत्री शुभेन्दु अधिकारीको भूमिका सराहनीय रहेको उनीहरूको दाबी थियो।
​आयोजकका तर्फबाट देशभक्तिको यस महाअभियानलाई घर-घरसम्म पुर्‍याउन आग्रह गर्दै भनिएको छ, “हामी प्रत्येक नागरिकलाई आफ्नो घरमा गर्वका साथ तिरंगा फहराउन र राष्ट्रिय भावनालाई अझ मजबुत बनाउन अपिल गर्दछौँ। देशका लागि बलिदान दिने वीर शहीदहरूलाई सम्मान गर्दै समृद्ध भारत निर्माणमा जुट्नु आजको आवश्यकता हो।”
​’जय हिन्द’ को नाराका साथ समापन भएको उक्त यात्राले सिलगढी क्षेत्रमा छुट्टै देशभक्तिको वातावरण सिर्जना गरेको थियो।

About Author

Advertisement