कोलकाता: पश्चिम बंगाल सरकारको सूचना तथा संस्कृति विभागको आयोजनामा कोलकातास्थित चर्चित सांस्कृतिक केन्द्र ‘नन्दन’ मा विशेष कार्यक्रम सम्पन्न भएको छ।
महान् बंगाली अभिनेता, महानायक उत्तम कुमारको १००औँ जन्मजयन्ती (जन्म शताब्दी) मनाउन तथा ३२औँ कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (केआईएफएफ) को तयारीका लागि उक्त बैठक आयोजना गरिएको हो।

उक्त महत्त्वपूर्ण तयारी बैठकमा पश्चिम बंगालका मुख्यमंत्री शुभेन्दु अधिकारीले सहभागिता जनाएका छन्। कार्यक्रमका क्रममा आयोजकहरूका तर्फबाट उनलाई खादा र पुष्पगुच्छा दिएर स्वागत तथा सम्मान गरिएको थियो।
कार्यक्रममा सम्बोधन गर्दै मुख्यमंत्री शुभेन्दु अधिकारीले बंगाली चलचित्र जगतमा महानायक उत्तम कुमारको योगदान अतुलनीय रहेको र उनको जन्म शताब्दी मनाउनु सम्पूर्ण बंगाली समुदायका लागि गर्वको विषय भएको बताए। साथै, आगामी ३२औँ कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई भव्य र सफल बनाउनका लागि भएका पूर्वतयारी र व्यवस्थापनका विविध विषयमा बैठकमा छलफल गरिएको थियो।









