बंगालका कानुन मन्त्रीसित गोजमुमो अध्यक्ष बिमल गुरुङको भेटघाट

ea4b0805-0615-4432-9b4b-0d30a399a910

दार्जिलिङ: दार्जिलिङको सर्किट हाउसमा पश्चिम बंगाल सरकारका कानून मन्त्रीसँग गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले भेटघाट तथा महत्वपूर्ण छलफल गरेका छन्। भेटका क्रममा पहाडको वर्तमान अवस्था, जनताका सरोकारका विषयहरू तथा गोर्खा समुदायको हितसँग सम्बन्धित विभिन्न विषयमा सकारात्मक एवं रचनात्मक विचार विमर्श भएको जानकारी प्राप्त भएको छ।
जनताको आवाजलाई सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा पुर्‍याउँदै, पहाडको विकास, शान्ति र जनहितका मुद्दाहरूमा निरन्तर प्रतिबद्ध भएर अघि बढ्ने हाम्रो संकल्प हो।
जनताको विश्वास र साथलाई सदैव सर्वोपरि राख्दै, पहाडको उज्ज्वल भविष्यका लागि हाम्रो प्रयास निरन्तर जारी रहनेछ भनी गोर्खा जनमुक्ति मोर्चाले प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन्।

About Author

Advertisement