कम्प्युटर भिजनद्वारा मङपूका पत्रकारहरू सम्मानित

8e759e36-eff7-42b3-aba0-30c973cbe814

मङपू: सन् २००७ मा स्थापना भएको मङपूस्थित कम्प्युटर तालिम केन्द्र ‘कम्प्युटर भिजन’ ले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा स्थानीय पत्रकार तथा सामाजिक सञ्जालमा सक्रिय सञ्चारकर्मीहरूलाई सम्मान गरेको छ। कम्प्युटर भिजनको स्थानीय कार्यालय भवनमा आयोजित कार्यक्रममा दार्जिलिङ हिल युनिभर्सिटीकी रजिस्ट्रार सुजातारानी राई अध्यक्षको रूपमा उपस्थित थिइन्। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा दिलीप गुरुङ, एच.एल. लकान्द्री, विकास गुरुङ, सागर खवास, दिपेन थापा, असीम थापा लगायत अन्यहरुको उपस्थिति रहेको थियो। कम्प्युटर भिजनका सञ्चालक महेश लकान्द्रीले संस्थाको १९औँ वार्षिकोत्सवको अवसरमा मङपू क्षेत्रबाट पत्रकारितामार्फत समाजमा योगदान पुर्‍याउँदै आएका पत्रकारहरु केशर मोक्तान, राजेश थापालाई सम्मान जनाएका छन्। त्यसरी नै सामाजिक सञ्जालमा पत्रकारिता गरिरहेका आनन्द होसन्ना राई र हेर्सन राईलाई पनि सम्मान जनाइएको छ। सबैलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे साथै सामाजिक सञ्जालमार्फत समाचार तथा सूचना सम्प्रेषणमा सक्रिय आशिष रसाइली अनि हाम्रो मङ्पू राम्रो मङ्पूबाट प्रणय राई, सन्दीप दियाली र बिदेन प्रधानलाई पनि सम्मान गरिएको थियो। प्रणीता छेत्रीले सञ्चालन गरेको कार्यक्रममा उपस्थित अतिथिहरूले कम्प्युटर भिजनमा तालिम लिइरहेका विद्यार्थीहरूलाई स्मृतिचिह्न प्रदान गरी प्रोत्साहित गरेका थिए। वार्षिकोत्सवका अवसरमा कम्प्युटर भिजनका विद्यार्थीहरूले गीत, नृत्यलगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै संस्थाको १९औँ वार्षिकोत्सव उत्साहपूर्वक मनाएका थिए। कार्यक्रममा वक्ताहरूले कम्प्युटर शिक्षाको माध्यमबाट स्थानीय युवाहरूलाई सीप र प्रविधिसँग जोड्न कम्प्युटर भिजनले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।

About Author

Advertisement