तीनधारे: तीनधारे महानदी मण्डल अन्तर्गत चुनभट्टी क्षेत्रमा १०० भन्दा बढी परिवारहरूले भारतीय जनता पार्टीमा सामेल हुँदै पार्टीप्रति आफ्नो समर्थन जनाएका छन्।प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वप्रति आशा र विश्वास राख्दै तथा पार्टीका नेता कार्यकर्ताहरूको जनमुखी कार्यशैलीबाट प्रभावित भएर उनीहरू भाजपा परिवारमा जोडिएको दावी गरिएको छ।
उक्त कार्यक्रममा मण्डल अध्यक्ष उमेश प्रधान, जिल्ला सोशल मिडिया प्रभारी एंव तीनधारे महानदी मण्डल इन्चार्ज चन्दन प्रसाद, जिल्ला कानुनी सल्लाहकार रमेश अग्रवाल, मण्डल महासचिव दिपराज राई, चिमनी देउराली टाउन मण्डल अध्यक्ष सञ्जय थापा, पञ्चायत सदस्यहरू लगायत पार्टीका अन्य कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।
भाजपा परिवारमा नयाँ रूपमा जोडिएका सम्पूर्ण परिवारहरूलाई भारतीय जनता पार्टीको तर्फबाट स्वागत जनाइएको छ।










