एमजी मार्गमा एसएसबीद्वारा साङ्गीतिक कार्यक्रम, ‘वन्दे मातरम्’ सामूहिक गायन र ‘हर घर तिरङ्गा’ मार्च आयोजना

Screenshot_20260812_220004_Facebook

गान्तोक: सशस्त्र सीमा बल (एसएसबी) ले स्वतन्त्रता दिवस २०२६ को भव्य उत्सव अन्तर्गत राजधानी गान्तोकको प्रसिद्ध एमजी मार्गमा विभिन्न देशभक्ति कार्यक्रमहरूको आयोजना गर्‍यो।
​समारोहका क्रममा एसएसबीको टोलीले एक विशेष ‘ज्याज ब्यान्ड साङ्गीतिक शो’ प्रस्तुत गर्‍यो, जसले उपस्थित सर्वसाधारणको ध्यान आकर्षित गरेको थियो। यसका साथै राष्ट्रिय भावना जागृत गराउन ‘वन्दे मातरम्’ को सामूहिक गायन तथा भव्य ‘हर घर तिरङ्गा’ मार्चको समेत आयोजना गरियो।
​यस कार्यक्रममा एसएसबीका जवानहरू, स्थानीय विभिन्न विद्यालयका विद्यार्थीहरू र सर्वसाधारण नागरिकहरूले ठूलो उत्साहका साथ सहभागिता जनाए। सबैले एकसाथ मिलेर हातमा राष्ट्रिय ध्वजा बोकी तिरङ्गा मार्चमा भाग लिएका थिए।
​प्रहरी तथा सुरक्षा बलका अधिकारीहरूका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य सर्वसाधारणमा देशभक्ति, राष्ट्रिय एकता र सामुदायिक सहभागिताको भावनालाई प्रवर्द्धन गर्नु हो। साथै, ‘हर घर तिरङ्गा’ अभियान अन्तर्गत प्रत्येक नागरिकलाई आफ्नो घरमा गर्वका साथ राष्ट्रिय ध्वजा फहराउन प्रोत्साहित गर्नु पनि यसको उद्देश्य रहेको छ।

About Author

Advertisement