खरसाङमा लोक अप भ्यान दुर्घटना हुँदा धेरैजना घाइते

IMG-20260812-WA0073

खरसाङ: खरसाङमा एउटा पिक अप भ्यान दुर्घटना हुँदा धेरैजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार खरसाङ बजारबाट मलामी गएर फर्किरहेको समय अपरान्हको समयमा खरसाङको नयाँ बस्तीस्थित मुर्दाहट्टीबाट खरसाङ बजार झर्ने क्रममा हनुमान डाँडा र नयाँ बस्ती जाने रोड भेट भएको ठाउँदेखि केही मुनिपट्टि गोलाईमा पिक अप भ्यान दुर्घटना हुँदा १५-१६ जना घाइते भएका छन्। घाईतेहरुलाई प्राथमिक उपचारको लागि खरसाङ महकुमा अस्पतालमा पुराइएको थियो। घाईतेहरुमा ३-४ जनालाई अधिक चोट लागेको र अधिक चोट लाग्नेहरुलाई उपचारको लागि सिलगढी लगिएको छ। धेरैलाई खरसाङ महकुमा अस्पतालमा प्राथमिक उपचारपछि छुट्टी दिइएको छ। घाईतेहरुलाई खरसाङ महकुमा अस्पतालमा प्राथमिक उपचारको लागि ल्याइन्दा खरसाङ बजार क्षेत्रका घाईतेहरुका आफान्तजन र वरिपरिका सबै भेला हुँदा केही निक्कै भीडभाड देखिएको थियो भने खरसाङ बजार र वरिपरिका सबैले सहयोगको हात बढाएका थिए।

उक्त दुर्घटनाग्रस्त पिक अप भ्यानलाई रिकभरी भ्यान आएर लगेको जानकारी प्राप्त भएको छ। घाइतेहरुलाई उपचारका लागि अस्पतालमा ल्याइएको समय विभिन्न क्षेत्रका मानिसहरु उपस्थित रहेका थिए। यस दुर्घटना विषयमा प्रत्यक्षदर्शी साथै घाइते एकजनाले पत्रकारहरुसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement