समष्टि कमिटी पुनर्गठन गरिने
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको कमिटी पुनर्गठन गरिने भएको छ। यसै विषयलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभा महानदीस्थित नारी शक्ति तीनधारे महानदी समष्टि सभापति निरा प्रधान वासस्थानमा सभा सम्पन्न भएको छ। उक्त सभामा आगामी १६ अगस्तमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको उपस्थितिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभा हुने र उक्त सभामा नै समष्टि कमिटीको पुनर्गठन गरिने भएको छ। यसै विषयलाई लिएर सभामा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। उक्त सभामा नै तीनधारे महानदी समष्टिको समष्टि कमिटी मात्र होइन तर नारी शक्ति, युवा शक्ति, विद्यार्थी महासंघ आदिको समष्टि कमिटी पुनर्गठन गरिने भएको छ भने ट्रेड युनियनको कोमल तीनधारे महानदी समष्टिको कोमल कमिटी गठन गरिने भएको छ। यसै विषयलाई लिएर मंगलवार सम्पन्न सभामा पार्टीले चर्चा परिचर्चा गरेको जानकारी प्राप्त भएको छ। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, उपाध्यक्ष धिरेन प्रधान, कुसाङ लामा, प्रवक्ता बिपन विश्वकर्म, ट्रेड युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, महासचिव जनक छेत्री, समष्टि संयोजक राजेस थापा, नारी शक्तिको समष्टि सभापति निरा प्रधान, युवा शक्ति समष्टि सभापति केवल राई, खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। सभामा आगामी १६ अगस्तमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको उपस्थितिमा हुने सांगठनिक सभा र कमिटी पुनर्गठन विषयमा छलफल गरिएको जानकारी प्राप्त भएको छ।








