तीनधारेमा महिनाव्यापी रुद्री पाठ जारी

IMG-20260811-WA0093

१६ अगस्तमा पूर्णावती हुने

खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा महिनाव्यापी रुद्री पाठ चलिरहेको छ। उक्त शिवालय मन्दिरमा विगत २००३ देखि महिनाव्यापी रुद्री पाठ आयोजना गर्दै आईरहेको छ भने लगातार रुपमा विगत २३ वर्षदेखि पूजा आयोजना भईरहेको छ। यसपाली पनि सावन महिनाको पूजा साथै रूद्री पाठ चलिरहेको छ भने तीनधारे लगायत वरिपरिका स्थानहरुबाट दैनिक रुपमा भक्तजन आएर जलाभिषेक र पानी चढाउने कार्य चलिरहेको छ। यहाँ महिनाव्यापी रुद्री पाठसितै नौ ग्रह पूजा, पञ्जांगको पूजा आयोजना चलिरहेको छ। उक्त पूजाको उद्देश्य सम्पूर्ण मानव जातिको हित र विश्व शान्तिको रहेको आयोजक समितिको तर्फबाट विनयकुमार छेत्रीले बताएका छन्।

उनले बताए अनुसार यस महिनाव्यापी रुद्री पाठको समापन आगामी १६ अगस्त आईतवारको दिन पूर्णावती र होमसितै हुने भएको छ। यसको लागि उनले सम्पूर्ण भक्तजनलाई उपस्थित भईदिने हार्दिक अनुराेध गरेका छन्। उनले यस महिनाव्यापी रुद्री पाठको समापनको पूजा दुफजना पण्डितहरु राजेन निरौला र रावन्त रिजालले गर्ने भएको जानकारी गराएका छन्।

About Author

Advertisement