घुम्ती चियाबारीमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभा

motion_photo_1274439358257155398

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समिति र तीनधारे महानदी समष्टि जोनल कमिटीको भ्रमण जारी रहेको छ। यसै क्रममा मंगलवार घुम्ती चियाबारीमा युनिट कमिटीलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, महासचिव जनक छेत्री, घुम्ती युनिटबाट सभापति देवेन्द्र सुब्बा, सचिव प्रनिता, पञ्चायत समिति सदस्यहरु कुसाङ लामा र सरिता मुखिया, बसन्त राई, प्रवीण दर्नाल, श्यामकुमार खवास लगायत अन्यहरु उपस्थित रहेका थिए। सभामा जोमल कमिटीमा घुम्ती युनिटबाट पनि प्रतिनिधि दिनु पर्ने र आगामी १६ अगस्तमा हुने सभा विषयमा चर्चा परिचर्चा गरिएको जानकारी महकुमा समितिको सभापति सागर गुरुङले दिएका छन्‌।

About Author

Advertisement