केएफसी सिलगढी र युकेएफसी जुनियर सेमी फाइनलमा प्रवेश
खरसाङ: खरसाङ महकुमा खेलकूद संघद्वारा आयोजित ८०औं स्वतन्त्रता दिवस फूटबल प्रतियोगिताको मंगलवार दुईवटा क्वाटर फाइनल खेलहरू सम्पन्न भयो। दिनको प्रथम खेल केएफसी सिलगढी बनाम जेएनएफसीमाझ भयो। यस खेलमा केएफसी सिलगढीले जेएनएफसीलाई ६ -१ ले पराजित गरी सेमी फाइनलमा आफ्नो स्थान पक्का गरेको छ। दिनको दोस्रो खेलमा युकेएफसी जुनियरले वाइट अर्किड सिपाहीधुरालाई १ को विरुद्ध ४ गोल गरी विजयी बनेको छ।यी दुवै खेल भिक्टोरिया स्कूलको खेल मैदानमा भईरहेको छ भने यस प्रतियोगितामा जम्मा १० वटा दलहरूले भाग लिइ रहेका छन् भने यसको दुईवटा सेमी फाइनल खेल अगामी १३ तारिख अगस्त अनि फाइनल खेल १५ अगस्तको दिन हुनेछ। यस प्रतियोगिताको विजेतालाई १९६९ सालमा बनाइएको शुद्ध चाँदीको ट्रफी सहित नगद २५ हजार रुपियाँ अनि उप विजेता दल लाई ट्रफी सहित १५ हजार प्रदान गरिने छ। यस दुईवटा क्वाटर फाइनल खेलहरु विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन्।








