ठेकेदार कल्याण समितिद्वारा दार्जीलिङका विधायक नोमन राईलाई सम्वर्ध्दना

IMG-20260811-WA0086

सोनादा: स्थानीय सिधालाइन परिवार समाज भवनमा ० देखि २० किलो‌ मीटरभित्रका राष्ट्रिय राजमार्ग ११० का ठेकेदार कल्याण समितिद्वारा दार्जीलिङका विधायक नोमन राईलाई सम्बर्ध्दना जनाइयो।‌उक्त कार्यक्रमलाई विनय तामाङद्वारा सञ्चालन गरेका थिए। कार्यक्रममा संगठनकै सभापति महेन्द्र प्रधानका सभापतित्वमा कार्यक्रम अघि बढ़ाउँदै स्वागत भाषण मनोज खत्री संगठनको मूल सल्लाहाकारद्वारा राखिएको थियो। दार्जिलिङका विधायकलाई संगठनद्वारा स्मृतिस्वरुप जातीय टोपी लगाएर खुकुरी भेट गरिएको छ। उक्त सम्मानको साथमा सम्वर्ध्दना पत्र भेट गरियो‌। सचिव सदिप राईद्वारा हालमा भईरहेको संगठनको विभिन्न समस्याहरूको अवगत गराउँदै भविष्यमा विधायकको पहलमा सांसद राजु विष्ट, साथै एनएचआईसीडीसीएल का प्रतिनिधीहरुसँग भेट गराई दिने अनुरोध गरिएको छ।
विधायकयकद्वारा पनि उनीहरुलाई सक्दो सहयोग भविष्यमा पुराउने वाचा गरेको जानकारी प्राप्त भएको छ।
कार्यक्रममा ० देखि २० किमीभित्रका ठेकेदारहरुको जमघटसँगै प्रमुख रुपमा मनोज खत्री, सहदेव थापा, विक्रम शेर्पा, दोर्जी भोटिया, प्रकाश राई, जोन वारेट, मणिकुमार राई, प्रमोद गुरुड‌ चोगेल आदि उपस्थित थिए।

About Author

Advertisement