मगर संघ भारत खरसाङ शहर समितिको वार्षिक साधारण सभा अनि सम्वर्ध्दना कार्यक्रम सम्पन्न

f0e7f701-e151-41d3-8028-b04cf5f78653

खरसाङ: मंगर संघ भारत खरसाङ शहर समितिको वार्षिक साधारण सभा र सम्वर्द्धना कार्यक्रम आईतवार सम्पन्न भएको छ।‌ खरसाङको गोर्खा जनपुस्तकालयको डा पारसमणि प्रधान प्रेक्षाग‌ृहमा सम्पन्न कार्यक्रमको अध्यक्षता मंगर संघ भारत खरसाङ शहर समितिको सभापति पुरण थापाको अध्यक्षतामा र प्रताप थापाको सञ्चालनमा सम्पन्न भएको छ।‌ कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनजाति महासंघको महासचिव साथै राष्ट्रिय महासंघका महासचिव अमिट थापा उपस्थित रहेका थिए। अतिथिहरुका बाहुलीबाट विधिवत् रूपमा धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण पारसचन्द्र आलेले राखेका छन्। कार्यक्रममा मंगर संघ भारत खरसाङ शहर समितिको दिवंगतहरुको आत्मा शान्तिको लागि मौन धारण गरेर श्रध्दाञ्जली अर्पण गरिएको थियो।कार्यक्रममा स्वागत गीत प्रमुख सल्लाहकार सीबी आलेले राखेका थिए भने स्वागत नृत्य अवन्तिका थापाले प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा सचिवको प्रतिवेदन मंगर संघ भारत खरसाङ शहर समितिको सचिव हेमन्तकुमार थापाले राखेका थिए भने कोषाध्यक्ष गोपाल थापाले आय व्ययको विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा ११ जना नयाँ वापाहरुलाई केही समय अघि दिइएको प्रशिक्षणपछि आजको कार्यक्रममा प्रमाण पत्रहरु वितरण गरिएको छ। कार्यक्रममा मंगर संघ भारत खरसाङ शहर समितिको नयाँ सदस्यहरुलाई परिचय गराइयो भने मंगरहरुको वापाहरु र मंगर झ्याक्रीहरुलाई पनि परिचय गराइएको थियो। यसै कार्यक्रममा सीबीएसई परीक्षामा उत्तीर्ण आकांक्षा थापा, मंगर जातिका विद्यावारिधि गर्नेहरु बन्दन थापा, डा नम्रता थापालाई सम्वर्द्धना जनाइएको छ। कार्यक्रममा मंगर जातिको पुजारी वापा विषयमा मंगर जातिको भाषाविद बीबी थापाले वार्ता प्रस्तुत गरेका थिए। उनले आफ्नो वार्तामा भने, ‘पिता पुर्खाले सिकाएको मंगर जातिको विधि विधानहरु निरन्तर रूपमा हामीले लिएर जानुपर्छ।

जन्मदेखि मृत्युसम्मको मगर जातिको विधि पालन गर्नुपर्छ। त्यसै क्रममा मगर जातिको वापा प्रशिक्षण दिएर मंगर जातिको वापाहरु तयार पारेका छौं। हामीले मगर जातिको भाषा, संस्कार, संस्कृति र परम्परालाई संरक्षण गरेर लानुपर्छ।’
कार्यक्रममा मंगर संघ भारत केन्द्रीय समितिको अध्यक्ष कमल थापा मंगरले पनि वार्ता प्रस्तुत गर्दै भने, मगर जातिको आफ्नै भाषा र लिपि छ। मंगर संघ भारतको गठन खरसाङमा नै भएको हो र खरसाङ शहर समितिले राम्रो काम गरिरहेका छन् र अझैं काम गर्न आवश्यक छ।’ उनले अघि भने, मगर संघ भौतिक रुपमा पनि सशक्त बनेको छ। मगरजुङमा मगरहरुको किल्ला निर्माण गरेका छौँ। दार्जिलिङको चौरास्तामा मास्टर मित्रसेन थापाको दलित स्थापना गरेका छौँ। मंगर संघको‌ उद्देश्य नै संस्कृति, एकता र सेवा हो। मगर संघले अहिलेसम्म मगर जातिको उपलब्धि र कार्यहरु उजागार गर्न सक्षम बनेको छ।’ उनले अझ भने, हामी सबै एकजुट भएर मगर जातिको भाषा, साहित्य, संस्कार संस्कृति र परम्परालाई संरक्षण गरेर लानुपर्छ। हामी मगरहरु एकजुट भएर काम गर्दै जानुपर्छ।‌ हामीले थापा मात्र होइन तर मगर नै लेख्नुपर्छ।’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खा भारतीय जनजाति महासंघको महासचिव एवं राष्ट्रिय महासंघका महासचिव अमिट थापाले आफ्नोे सम्बोधनमा मगर जातिको भाषा संस्कार संस्कृति र बिधिलाई संरक्षण गरेर लानुपर्छ भन्दै मगरहरुले जनजाति नपाएको मगरहरु हिन्दु धर्ममा परिवर्तन भईरहेकोले हो।’
उनले आफु २०२२ मा जनजाति महासंघको महासचिव बनेपछि गरेको विभिन्न कार्यहरुको उपलब्धि विषयमा जानकारी गराएका छन्। उनले ११ जात गोष्ठीको जनजाति मागलाई लिएर पुस्तक नृ प्रकाशित गरेको बताउँदै जनजाति मागलाई लिएर दस्तावेजहरू बुझाउने कार्यहरु गरिसकेको र मन्त्रीहरुलाई पनि भेट्ने कार्यक्रम र विभिन्न ऱ्यालीहरु पनि आयोजना गरिसकेको बताए‌। उनले जनजाति विषयमा आईजीआईले कतिपय कमी कमजोरीहरु विषयमा पठाएको कुरालाई संसोधन गरेर रिपोर्ट पनि बुझाईसकेको जानकारी पनि गराएका छन्। अमीट थापाले मगरहरुले जनजातिको लागि मगर जातिको आफ्नै संस्कार संस्कृति र परम्परालाई विधिपूर्वक पालन गर्नु पर्ने साथै मगर पुजारी वापस नै घरमा प्रयोग गर्नु पर्ने आह्वान् गरेका छन्। उनले अहिलेदेखि नै सबैले आफ्नो घरमा गएर आफ्ना परिवारलाई वापा नै चलाउन सुझाव दिने आह्वान् गरेका छन्। कार्यक्रममा सभाध्यक्ष पुरण थापाले आफ्नो वक्तव्यमा जसले आफ्नो घरमा जन्मदेखि मृत्युसम्मको कार्यमा वापा चलाएन भने मगर जाति भनेर गन्न नसकिने बताएका छन्‌। उनले सबैलाई मगर जातिको विधि, संस्कार संस्कृति र परम्परालाई संरक्षण गरेर लानुपर्छ भनी बताएका छन्। कार्यक्रममा देवेन थापा, नमिता थापा र ज्योति थापाले गीत प्रस्तुत गरेका थिए भने प्रतिमा थापाले नृत्य प्रस्तुत गरेका थिए।

About Author

Advertisement