स्थायी राजनैतिक समाधानसितै छुटेका ११ जात गोष्ठीलाई पनि जानजातिको मान्यता दिएको हुनुपर्छ: अमीट थापा

7d47e16b-772b-4073-917c-da4f9d5becc1

खरसाङ: स्थायी राजनैतिक समाधानसितै छुटेका ११ जात गोष्ठीलाई पनि जानजातिको मान्यता दिएको हुनुपर्छ भनी माग गरेका छौँ भनी गोर्खा भारतीय जनजाति महासंघको महासचिव अमीट थापाले बताएका छन्। उनी खरसाङमा मंगर संघ भारत खरसाङ शहर समितिको वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा उपस्थित भएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै जनजातिको मुद्दा सामाजिक भए पनि स्थायी राजनैतिक समाधानको मुद्दासितै रहेको र स्थायी राजनैतिक समाधान भएको बेला नै जनजातिको मुद्दा पनि फत्ते हुनु पर्ने हाम्रो मांग रहेको बताएका छन्‌। उनले भने, स्थायी राजनैतिक समाधान सबैको माग हो तर यो हुँदा ११ जनजातिको मुद्दा पनि हुनुपर्छ भन्ने हाम्रो माग छ। यो दुवै एकसाथ हुनुपर्छ भन्ने हाम्रो अडान हो। स्थायी राजनैतिक समाधान हुँदा जसरी पनि जनजातिको मुद्दा पनि फत्ते हुनुपर्छ। किनभने जनजातिको मुद्दा पनि सबैको लागि हो र सबै राजनैतिक दलहरुलाई अपिल गर्दछौं कि छुटेका ११ जात गोष्ठीको मुद्दालाई पनि स्थायी राजनैतिक समाधानसितै लिएर हिँड्नुपर्छ।’ उनले अझ भने, यदि राजनैतिक रुपमा स्थायी राजनैतिक समाधान हुँदा ११ जनजातिको मुद्दा पार नहुने र अनदेखा भएको छाँटकाँट देखिए हामी लोकतान्त्रिक रुपमा सडकमा उत्रेर पनि तयार छौं। किनभने ११ जात गोष्ठीको दस्तावेजीकरणको काम पूरा भईसकेको छ‌।’ अमीट थापाले प्रमुख अतिथिको रुपमा बोल्दै भने, जनजातिको मुद्दा सामाजिक भए पनि राजनैतिक मुद्दा बनेको छ। पहाडमा स्थायी राजनैतिक समाधान भनेर यो जनजातिको मुद्दामा पनि ढिलाई भईरहेको छ। तर गृहमन्त्रीले चाहेको खण्डमा भईहाल्छ। यो मुद्दा छिनाफिना भईसकेको छ। यो मुद्दा पूरा भईहालेको सबैको लागि राम्रो हो। किनभने जनजातिको मुद्दा सबैको लागि महत्वपूर्ण छ। जनजातिको मुद्दाबिना नै स्थायी राजनैतिक समाधान सठीक होइन। यो मुद्दालाई पन्छाएर केही काम नगरोस्। यसको लागि हामी सबै एक हुनु आवश्यक छ।’
मुख्य अतिथिको रुपमा अमीट थापाले वर्तमान समयमा चलिरहेको जनगणना विषयमा पनि सबैलाई सचेतना गराएका थिए।

About Author

Advertisement