विभिन्न मागमा कम्युनिस्ट पार्टी (मार्क्सवादी) ​खरसाङ क्षेत्रीय कमिटीकाे मिरिकमा पाेस्टरिङ

44325927-6ace-4056-8de3-bc492eaf52cc

मिरिक: ​भारतको कम्युनिस्ट पार्टी (मार्क्सवादी)​खरसाङ क्षेत्रीय कमिटीकाे आयाेजनामा मिरिकमा आइतबार व्यापक पाेस्टरिङ गरिएको छ। माकपा मिरिकका नेता किस्मत तामाङ अनि खरसाङ क्षेत्रीय कमिटी सदस्य दीपा तामाङकाे नेतृत्वमा मिरिकमा टाँसिएकाे पाेष्टरमा​दार्जिलिङको राजनीतिक समाधान तत्काल गरिनु पर्ने,​एसआईआरका कारण हटाइएका सबै वैध नागरिकको नाम तुरुन्त मतदाता सूचीमा समावेश गरिनुपर्छ। जीटीएको कानुनी वैधता स्पष्ट पारिनु पर्ने र नगरपालिकाको तत्काल चुनाव गराउने माग गरिएकाे छ। पाेष्टरमा ​श्रमिकहरुको न्यूनतम हाजिरा लागू गरिनु पर्ने, बन्द चिया बगानहरू तत्काल खोल्नु पर्ने, चिया बगानका श्रमिकहरूलाई सम्पूर्ण जमिनको अधिकार दिनु पर्ने, एससी, एसटी, ओबीसी प्रमाण पत्रमा जनतालाई दुःख नदिनु पर्ने,​नेपाली भाषामाथि जबरजस्ती बङ्गला भाषा थाेप्न नपाइने,​सबैलाई राशन सुनिश्चित गरिनुपर्ने, कसैको पनि राशन काट्नु नहुने,​ १५ वर्ष पुगेका सवारीसाधन चलाउन रोक लगाउने सरकारी आदेश फिर्ता गरिनुपर्ने आदि माग गरिएकाे छ।

About Author

Advertisement