सिलगढीमा महिला सुरक्षा तथा सचेतना कार्यक्रम सम्पन्न, तेलीपाडाका महिलाहरूसँग पुलिसको अन्तरक्रिया

7b4c0c90-fc3b-4368-8258-5d2d3e5ffaa1

सिलगढी: महिला सुरक्षा र कम्युनिटी पुलिसिङप्रतिको निरन्तर प्रतिबद्धताअन्तर्गत सिलगढी पुलिस कमिसनरेटको भक्तिनगर थाना मातहत रहेको आशिघर चौकीले सचेतना कार्यक्रम आयोजना गरेको छ। आशिघर चौकी क्षेत्रको तेलीपाडाका महिलाहरूसँग पुलिसले विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
​कार्यक्रममा महिलाहरूमा आत्मविश्वास बढाउने, आफ्ना अधिकारहरूप्रति सजग गराउने र आवश्यक परेको बेला निर्धक्क भई पुलिसको सहयोग लिन प्रोत्साहित गर्ने विषयमा छलफल गरिएको थियो।
​कुनै पनि आपत्कालीन अवस्था वा समस्या पर्दा तत्काल सहयोग प्राप्त होस् भन्ने उद्देश्यले सहभागी महिलाहरूलाई आशिघर चौकी, भक्तिनगर थाना र महिला हेल्प डेस्कको सम्पर्क नम्बरहरू प्रदान गरिएको प्रहरीले जनाएको छ। सिलगढी पुलिसले महिला तथा समग्र समाजका लागि सुरक्षित, सहयोगी र उत्तरदायी वातावरण निर्माण गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ।

About Author

Advertisement