खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईका उप प्रधान रञ्जित थापासहित पञ्चायत सदस्य-सदस्याहरु क्रमैले दिपेन्द्र तामाङ, पुष्पाकुमारी प्रधान, बिनीता रसाइली र दावा दोर्जे लामा भारतीय जनता पार्टीमा सामेल भएका छन्। उनीहरुले खरसाङका विधायक सोनाम लामाको बाहुलीबाट पार्टीको झण्डा थापेर आधिकारिक रूपमा भारतीय जनता पार्टीमा सामेल भएका छन्। शनिवार भारतीय जनता पार्टीको खरसाङस्थित पार्टी कार्यालयमा सम्पन्न भएको समर्थन कार्यक्रममा उप प्रधान रञ्जित थापासहित पाँचजना पञ्चायत सदस्य सदस्याहरु आधिकारिक रूपमा भारतीय जनता पार्टीमा सामेल भएका छन्। यस समर्थन कार्यक्रममा खरसाङका विधायक सोनाम लामा, भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद, दार्जिलिङ जिल्ला मिडिया सेल प्रभारी चन्दन प्रसाद लगायत अन्यहरु उपस्थित रहेका थिए। घैयाबारी ग्राम पञ्चायत दुईमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पाँचजना पञ्चायत सदस्य सदस्याहरु भारतीय जनता पार्टीमा सामेल भएपछि भारतीय जनता पार्टीको पञ्चायत बोर्ड गठन हुने निश्चित देखिएको छ। योभन्दा अघि नै दुईजना भारतीय जनता पार्टीको पञ्चायत सदस्यहरु छन् भने एकजना गोजमुमोको सदस्य रहेका छन्। शनिवार पाँचजनाले भाजपामा समर्थन जनाएपछि घैयाबारी ग्राम पञ्चायत दुईमा भारतीय जनता पार्टीको पञ्चायत बोर्ड गठन हुने निश्चित देखिएको छ।










