उच्च शिक्षा र अनुसन्धानमा सहकार्य बढाउने सहमति
भुवनेश्वर: भारतका केन्द्रीय शिक्षा मन्त्री प्रल्हाद जोशी र दक्षिण अफ्रिकाका प्रतिनिधिमण्डलबीच शिक्षा क्षेत्रमा द्विपक्षीय सहकार्य सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ।
ओडिशाको भुवनेश्वरमा आयोजित १३ औँ ब्रिक्स शिक्षा मन्त्रीस्तरीय बैठकका क्रममा शिक्षा मन्त्री जोशीले दक्षिण अफ्रिकाकी आधारभूत शिक्षा मन्त्री सिभिवे ग्वारुबे तथा उच्च शिक्षा र तालिम उपमन्त्री डा. दुबे-न्कुबेसँग विशेष द्विपक्षीय भेटवार्ता गरेका हुन्।
बैठकमा दुवै देशका मन्त्रीहरूबीच संस्थागत सहयोग सुदृढ गर्ने, शैक्षिक गतिशीलता (एकेडेमिक मोबिलिटी) प्रवर्द्धन गर्ने, अनुसन्धान साझेदारीलाई अगाडि बढाउने तथा उच्च शिक्षा र सीप विकासका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा गहन छलफल भएको जानकारी दिइएको छ।

दुवै देशबीच शिक्षा र प्रविधिको आदानप्रदानमार्फत युवाहरूलाई गुणस्तरीय शिक्षा र व्यावहारिक सीप प्रदान गर्न यो सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।









