तीनधारे महानदी समष्टिको पूर्व सभासद नवराज छेत्री भागोप्रमोमा सामेल

476e1305-7fad-4291-a23a-356fb3563842

खरसाङ: तीनधारे महानदी समष्टिको पूर्व सभासद नवराज छेत्री शुक्रवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनले भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको बाहुलीबाट पार्टीको झण्डा थापेर आधिकारिक रूपमा भारतीय जनता पार्टीमा सामेल भएका छन्। उनीसितै खरसाङको अम्बटे लङ्भ्यू पंखाबारी समष्टिकी पूर्व सभासद कल्पना प्रधान र मिरिकका पूर्व सभासद मिलेश राई पनि भारतीय जनता पार्टीमा सामेल भएका छन्। उल्लेखनीय छ तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले केही समय अघि जीटीएको सभासद पदबाट राजीनामा दिएका थिए। उनी शुक्रवार आधिकारिक रूपमा भारतीय जनता पार्टीमा सामेल भएका छन्। उनी तीनधारे महानदी समष्टिको पूर्व सभासद हुन्। उनी भारतीय जनता पार्टीमा सामेल भएपछि तीनधारे महानदी समष्टिमा राजनैतिक वृत्तमा चर्चाको विषय बनेको छ। अब यस समष्टिमा‌ राजनैतिक समीकरण परिवर्तन हुन सक्ने सम्भावना देखिएको छ।

About Author

Advertisement