बढीबिल्डिङ प्रतियोगितालाई लिएर खरसाङ डिभिजनल बढीबिल्डिङ अनि फिटनेस एसोसिएसनको सभा सम्पन्न

IMG-20260806-WA0084

खरसाङ: खरसाङ डिभिजनल बढीबिल्डिङ अनि फिटनेस एसोसिएसनको सभा खरसाङको एक निजी सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा विशेष गरी आगामी २७ सेप्टेम्बरमा हुन गईरहेको ५६औं बढीबिल्डिङ प्रतियोगिता विषय चर्चा परिचर्चा गरिएको छ। यसको साथै सभामा नवाैं म्यान्स फिजिक्स, दोस्रो स्पोर्टस् वुमेन्स मोडल अनि बिकिनी अनिल अमेच्योर बढीबिल्डिङ प्रतियोगिता विषय पनि व्यापक चर्चा गरियो। सभामा सामाजिक बन्धनलाई तोड्दै स्पोर्टस् वुमेन्स मोडल अनि बिकिनी प्रतियोगितामा देश वरिपरिका विभिन्न प्रतियोगितामा लगातार रुपमा भाग लिएर महिलाहरूमा एउटा उदहारण प्रस्तुत गर्ने दिप्ती मित्तल, रिना प्रधान अनि नितु राई आदिलाई एसोसिएसनको तर्फबाट सम्मानित पनि गरियो। सभापछि आजको सभाको उद्देश्यबारेमा संघका सचिव एवं बढी बिल्डिङका अन्तराष्ट्रिय निर्णायक सञ्जय क्षेत्रीले यसरी विस्तृत जानकारी दिएका छन्।

About Author

Advertisement