अरुणाचल प्रदेशको बोलेङमा सन् २०२६ को एसियाली र्‍याफ्टिङ च्याम्पियनसिप आयोजना हुने

dda0aec6-97b3-4901-a04d-b9d74c306c5d

ईटानगर; भारतको अरुणाचल प्रदेशस्थित बोलेङमा आगामी अक्टोबर ५ देखि ९ सम्म सन् २०२६ को ‘एसियाली र्‍याफ्टिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ। यस प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीबारे अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले सम्बन्धित अधिकारीहरूसँग छलफल गर्नुभएको छ।
​मन्त्री ओजिङ तासिङको उपस्थितिमा मुख्यमन्त्री खाण्डूले एसियाली र्‍याफ्टिङ काउन्सिलका अध्यक्ष शौकत सिकन्द र अरुणाचल प्रदेश वाटर स्पोर्ट्स एसोसिएसनका अध्यक्ष निनो दाईसँग भेटघाट गरी प्रतियोगिताको पूर्वतयारीबारे समीक्षा गर्नुभएको हो।
​यस प्रतियोगिताले अरुणाचल प्रदेशका आकर्षक नदीहरू, साहसिक खेलकुदको सम्भावना र स्थानीय आतिथ्यलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री खाण्डूले विश्वास व्यक्त गर्नुभएको छ।

About Author

Advertisement