ईटानगर; भारतको अरुणाचल प्रदेशस्थित बोलेङमा आगामी अक्टोबर ५ देखि ९ सम्म सन् २०२६ को ‘एसियाली र्याफ्टिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ। यस प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीबारे अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले सम्बन्धित अधिकारीहरूसँग छलफल गर्नुभएको छ।
मन्त्री ओजिङ तासिङको उपस्थितिमा मुख्यमन्त्री खाण्डूले एसियाली र्याफ्टिङ काउन्सिलका अध्यक्ष शौकत सिकन्द र अरुणाचल प्रदेश वाटर स्पोर्ट्स एसोसिएसनका अध्यक्ष निनो दाईसँग भेटघाट गरी प्रतियोगिताको पूर्वतयारीबारे समीक्षा गर्नुभएको हो।
यस प्रतियोगिताले अरुणाचल प्रदेशका आकर्षक नदीहरू, साहसिक खेलकुदको सम्भावना र स्थानीय आतिथ्यलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री खाण्डूले विश्वास व्यक्त गर्नुभएको छ।





