मङ्पुको प्रणामी मन्दिरमा महिनाव्यापी धार्मिक अनुष्ठान शुरु

e23b62b9-6bb5-4363-bd2d-09b07307236d

मङ्पु: श्रीकृष्ण प्रणामी प्रणामी गीता मन्दिर रेसेप मङ्पूमा महिनाव्यापी धार्मिक अनुष्ठान शुरु भएको छ। श्रीकृष्ण प्राकाट्य महोत्सव एवं वीतक चर्चा गत ३ अगस्तदेखि शुरु भएर आगामी ३ सेप्टेम्बरसम्म चल्ने भएको छ। यसको साथै प्रत्येक दिन दिउँसो २ बजीदेखि ४ बजीसम्म पूजा सम्पन्न भईरहेको छ। प्रत्येक दिउँसो भजन कीर्तन अनि वीतक चर्चामा पूजा आयोजक समितिले सम्पूर्ण भक्तजनलाई हार्दिक स्वागत गर्दै उपस्थितिको लागि आह्वान् गरेका छन्। मन्दिरमा प्रत्येक दिन कालेबुङ मंगलधामबाट आएका विदुषी बिमला माताजीले धार्मिक प्रवचन सुनाईरहेका छन्।
यसरी जन्मअष्टमीको दिन भगवान कृष्णको प्रतिमा मङपू बजार परिक्रमा गरिने जानकारी संस्थाका प्रमुख संरक्षक हरिलाल छेत्रीलेबदिएका छन्।

About Author

Advertisement