अरुणाचलको ग्लो ताल देशकै पहिलो रामसार क्षेत्र घोषित​

glo-lake-arunachal-pradesh_medium_20260804111402118_c030a427d4_24

ईटानगर: भारतको अरुणाचल प्रदेशस्थित लोहित जिल्लामा रहेको प्रसिद्ध ग्लो ताल अन्तराष्ट्रिय महत्त्वको रामसार क्षेत्र का रूपमा सूचीकृत भएको छ। यो अरुणाचल प्रदेशका लागि पहिलो रामसार क्षेत्र हो।​अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै यस ऐतिहासिक मान्यताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा केन्द्रीय वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवप्रति आभार व्यक्त गरेका छन्।​मुख्यमन्त्री खाण्डूका अनुसार ग्लो तालले रामसार स्थलको दर्जा पाउनु राज्यका लागि एउटा गर्वको विषय हो। यस मान्यताले क्षेत्रको जैविक विविधता संरक्षण, दिगो जीविकोपार्जन प्रवर्द्धन र अमूल्य पारिस्थितिक प्रणाली को रक्षा गर्न नयाँ पुस्तालाई प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

About Author

Advertisement