नयाँ दिल्ली: भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का पूर्व अध्यक्ष बृजभूषण शरण सिंहलाई दिल्लीको राउज एवेन्यू कोर्टले महिला पहलवानहरूसँग यौन उत्पीड़नको मामिलामा मुक्त गरिसकेको छ। अदालतले सबूतहरूको अभावको तर्क पेश गरी आफ्नो फसेला सुनाएको छ। अदालतको यस फसेलामाथि विनेश फोगाट र बजरंग पूनियासहित शीर्ष पहलवानहरूले निराशा व्यक्त गरेका छन्। ओलम्पियन विनेश फोगाटले यसलाई निराशाजनक फसेला बताउँदै उनीहरूको लड़ाइँ समाप्त नभएको बताएकी छन्। उनले कोर्टको यस फसेलाविरुद्ध चाँड़ै उच्च न्यायालयमा अपील गर्ने पनि दावी गरेकी छन्। सोशल मीडियामा जारी बयानमा विनेशले सत्ता र व्यवस्थाले शुरुदेखि नै बृजभूषणलाई बचाउने प्रयास गरेको आरोप पनि लगाएकी छन्। उनले भनिन्, सत्तारूढ़ दलका एकजना शक्तिशाली नेताविरुद्ध एफआईआर दर्ता गर्न हामी सड़कमा ओर्लिनु पऱ्यो। बृजभूषणले आफ्नो राजनैतिक प्रभाव र ताकतको प्रयोग गरी धेरै महिला पहलवानहरूमाथि अभियोग फिर्ता लिने दबाउ बनाए। त्यसपछि पनि धेरै पहलवान पछि हटिनन् अनि अदालतमा कानूनी लड़ाइँ जारी रहनेछ। अदालतले महिला पहलवानहरूद्वारा लगाइएको यौन उत्पीड़नको आरोपहरूमा बृजभूषण शरण सिंहलाई दोषी घोषित नगर्दा हामी धेरै निराश छौं। शुरुवातदेखि नै पूरा सिस्टम, सरकार र पूरा तन्त्र बृजभूषणलाई बचाउनमा लागिपरेको थियो। विनेशले बताएअनुसार, महिला पहलवानहरूले आफ्ना वकीलहरूलाई फसेलाविरुद्ध अपील गर्ने निर्देश दिइसकेकी छन्। उनले भनिन्, हामी यस फसेलाविरुद्ध चाँड़ै उच्च अदालतमा अपील दायर गर्नेछौं। हामी हरेस खाने छैनौं अनि हाम्रो लड़ाइँ जारी रहनेछ।
यसरी बजरंग पूनियाले पनि अदालतको फसेलालाई निराशाजनक बताएका छन्। उनले सोशल मीडियामा लेखेका छन्, हामीलाई सड़कमा ओर्लिनु अनि सत्ताधारी दलका एकजना बाहुबली नेताविरुद्ध एफआईआर दर्ता गर्नको निम्ति धेरै हिम्मत गर्नु परेको थियो। सत्ता र आफ्नो बाहुबलको दममा बृजभूषणले धेरै महिला पहलवानहरूलाई डर देखाएर पछि हट्न वाध्य गरे। हामी पछि हट्ने छैनौं अनि आफ्नो लड़ाइँ जारी राख्नेछौं। उल्लेखनीय छ, महिला पहलवानहरूले बृजभूषण शरण सिंहमाथि डब्ल्यूएफआई-को अध्यक्ष पदमा रहेको समय महिला खेलाड़ीहरूसँग यौन उत्पीड़न गरेको आरोप लगाएकी थिइन्। यस मामिलालाई लिएर देशका शीर्ष पहलवानहरूले जन्तर-मन्तरमा धरना प्रदर्शन गरेका थिए, जसमा विनेश फोगाट, साक्षी मलिक र बजरंग पूनिया पनि सामेल छन्। त्यसपछि जून २०२३-मा बृजभूषणविरुद्ध दिल्ली पुलिसले धेरै धाराहरूमा एफआईआर दर्ता गरेको थियो। यसबीच अदालतले निर्दोष घोषित गरेपछि बृजभूषण शरण सिंहले भनेका छन्, म यस फसेलालाई स्वागत गर्छु। आरोपहरू साबित भए म आफै फाँसीमा झुण्डिनेछु भनेर पहिलो दिनदेखि नै भन्दै आएको थिएँ। आज अदालतले फसेला सुनायो। यो म अनि मेरो समर्थकहरूका निम्ति असल खबर हो।










