सोनादा डिग्री कलेजमा ‘एउटा रुख, आमाको नाम’ अभियान अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न

17780ab1-1f13-49e4-9976-eebd76eb27a2

सोनादा: सोनादा डिग्री कलेजको राष्ट्रिय सेवा योजना एनएसएस युनिटको आयोजनामा कलेज परिसर तथा सोनादाका विभिन्न क्षेत्रमा वृक्षरोपण कार्यक्रम सम्पन्न भयो। एनएसएसका प्रोग्राम अफिसरद्वय प्रा. सुशिला बराइली र प्रा. मेघनाथ छेत्री अनि एनसीसीका अफिसर प्रा विशाल थापाको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा कलेजका एनएसएस तथा एनसीसीका स्वयंसेवकहरूका साथै शिक्षण एवं अशिक्षणकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
‘एउटा रुख, आमाको नाम’ भन्ने प्रेरणादायी मन्त्रलाई शिरोपर गर्दै आयोजित वृक्षरोपण कार्यक्रममा विभिन्न प्रजातिका वृक्षका बिरुवाहरू रोपिएका थिए। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ पर्यावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमका लागि आवश्यक विभिन्न प्रजातिका वृक्षका बिरुवाहरू उपलब्ध गराइदिएकोमा कलेजको आन्तरिक गुणस्तर मूल्याङ्कन समितिकी संयोजिका प्रा. पेञ्चुला भुटियाले वन विभाग, सिञ्चेल वेस्ट रेञ्जका अधिकारीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरिन्। वृक्षरोपण कार्यक्रमले कलेज परिवारमा वातावरण संरक्षणप्रतिको चेतना वृद्धि गर्नुका साथै प्रकृति संरक्षणमा विद्यार्थी तथा युवाहरूको सक्रिय सहभागितालाई थप प्रोत्साहन गरेको छ।

About Author

Advertisement