खरसाङ: खरसाङ खण्ड अन्तर्गत शिवखोल ग्राम पञ्चायतमा नयाँ चयन गरिएका पञ्चायत प्रधान अनि उप प्रधानसित गोर्खा जनमुक्ति मोर्चाको टोलीले भेटघाट गरेका छन्। यस औपचारिक भेटघाट कार्यक्रम गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको अध्यक्ष ऐतमान राईको नेतृत्वमा शिवखोला ग्राम पञ्चायत अन्तर्गत पर्ने गोजमुमो पार्टीको सबै कार्यकर्ताहरुले भेट गर्दे शुभकामना व्यक्त गरेका छन्।
यसको साथै अब उसो कुनै पनि जनमुखी योजनाहरु कार्यान्वयन गरिन्छ भने पूर्ण पारदर्शी अनि निष्पक्षताको साथ गरिनु पर्ने माग गर्दै एक ज्ञापन पत्र बुझाएका छन्। यस भेटघाट कार्यक्रममा सिपाहीधुरा चिया बगान, शिवखोला,सिमरिङ अनि मालुटारबाट गोजमुमो पार्टीको प्रतिनिधिसरु उपस्थित रहेको जानकारी प्राप्त भएको छ।











