जनगणना २०२७: सिलगढीमा सुपरिवेक्षक र गणकहरूलाई तालिम, स्व-गणनागर्न आह्वान

FB_IMG_1785607703965

सिलगढी: ‘जनगणना २०२७’ को पूर्वतयारी स्वरूप सिलगढी नगर निगम क्षेत्रमा सुपरिवेक्षक र गणक हरूका लागि विशेष तालिम कार्यक्रम आयोजना गरिएको छ।
​सिलिगुढी नगर निगमका अधिकारीहरू तथा जनगणना टोलीले विभिन्न तालिम केन्द्रहरूको स्थलगत निरीक्षण गर्दै गणकहरूलाई जनगणनासम्बन्धी प्राविधिक तथा व्यावहारिक तालिम प्रदान गरेका छन्। तालिमकै क्रममा सहभागीहरूले मोबाइल एपमार्फत स्व-गणनाको अभ्यास गरेका थिए, जसले उनीहरूलाई जनगणना एप प्रयोग गर्न थप सहज र आत्मविश्वासी बनाएको जनाइएको छ।
​यसैबीच, सिलगढी नगर निगम र जनगणना निर्देशनालय, पश्चिम बङ्गालले नगरवासीहरूलाई तोकिएको समयसीमाभित्र स्व-गणना प्रक्रिया पूरा गर्न अपिल गरेको छ। निगमका अनुसार नागरिकहरूले ०१ अगस्ट २०२६ देखि १५ अगस्ट २०२६ (०१/०८/२०२६- १५/०८/२०२६) भित्र आफ्नो स्व-गणना गर्नुपर्नेछ।
​स्व-गणना सम्पन्न गरेपछि प्राप्त हुने ११ अङ्कको ‘एसई आईडी नम्बर’लाई सुरक्षित राख्न र पछि घरमा गणकहरू आउँदा उपलब्ध गराउनसमेत आग्रह गरिएको छ।

About Author

Advertisement