सिलगढी: ‘जनगणना २०२७’ को पूर्वतयारी स्वरूप सिलगढी नगर निगम क्षेत्रमा सुपरिवेक्षक र गणक हरूका लागि विशेष तालिम कार्यक्रम आयोजना गरिएको छ।
सिलिगुढी नगर निगमका अधिकारीहरू तथा जनगणना टोलीले विभिन्न तालिम केन्द्रहरूको स्थलगत निरीक्षण गर्दै गणकहरूलाई जनगणनासम्बन्धी प्राविधिक तथा व्यावहारिक तालिम प्रदान गरेका छन्। तालिमकै क्रममा सहभागीहरूले मोबाइल एपमार्फत स्व-गणनाको अभ्यास गरेका थिए, जसले उनीहरूलाई जनगणना एप प्रयोग गर्न थप सहज र आत्मविश्वासी बनाएको जनाइएको छ।
यसैबीच, सिलगढी नगर निगम र जनगणना निर्देशनालय, पश्चिम बङ्गालले नगरवासीहरूलाई तोकिएको समयसीमाभित्र स्व-गणना प्रक्रिया पूरा गर्न अपिल गरेको छ। निगमका अनुसार नागरिकहरूले ०१ अगस्ट २०२६ देखि १५ अगस्ट २०२६ (०१/०८/२०२६- १५/०८/२०२६) भित्र आफ्नो स्व-गणना गर्नुपर्नेछ।
स्व-गणना सम्पन्न गरेपछि प्राप्त हुने ११ अङ्कको ‘एसई आईडी नम्बर’लाई सुरक्षित राख्न र पछि घरमा गणकहरू आउँदा उपलब्ध गराउनसमेत आग्रह गरिएको छ।










