मारताममा निःशुल्क आयुष स्वास्थ्य शिविर सम्पन्न

6dd1953d-2b20-4d87-a92c-52ccfdce43f6

सिंगताम: जिल्ला अस्पताल सिंगतामअन्तर्गतको आयुष विभागद्वारा मारतामस्थित ब्लक प्रशासनिक केन्द्रमा एक दिवसीय निःशुल्क आयुष स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
​शिविरमा आयुष चिकित्सकहरूद्वारा सर्वसाधारणको स्वास्थ्य परीक्षण, होमियोप्याथी तथा आयुर्वेदिक औषधिको निःशुल्क वितरण र उपचारात्मक योग परामर्श सेवा प्रदान गरिएको थियो। सो क्रममा स्थानीय नागरिकहरूलाई स्वस्थ जीवनशैलीका लागि daily routine मा ‘योग ३६५’ लाई समावेश गर्न परामर्श दिइनुका साथै ‘नशामुक्त भारत अभियान’ को मर्मअनुरुप लागूपदार्थको दुर्व्यसनविरुद्ध सचेतनामूलक जानकारी प्रस्तुत गरिएको थियो।
​शिविरमा कुल १२३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो। जसमध्ये ९९ जनाको रक्तचाप मापन गर्दा ३३ जनामा उच्च रक्तचाप पाइएको छ। त्यसैगरी ९५ जनाको रक्तशर्करा परीक्षण गर्दा २२ जनामा प्रि-डायबिटिज र ९ जनामा मधुमेह पुष्टि भएको छ। सोही संख्यामा गरिएको हिमोग्लोबिन परीक्षणमा ५० जनामा सामान्य र १९ जनामा मध्यम खालको रक्तअल्पता देखिएको छ। स्वास्थ्य परीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा बिरामीहरूलाई आवश्यक चिकित्सकीय परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको छ।
​मारतामका बीडीओ, पञ्चायत प्रतिनिधि तथा प्रशासनिक केन्द्रका कर्मचारीहरूको सहयोगमा आयोजित उक्त शिविर डा. किरण सिंह, डा. प्रमिला उप्रेती, डा. आराधना शर्मा र आयुष सहयोगी कर्मचारीहरूको टोलीद्वारा सञ्चालन गरिएको थियो।

About Author

Advertisement