हरारे: भारतले ब्याट र बल दुवैको साथ उत्कृष्ट प्रदर्शन गर्दै जिम्बाब्वेलाई तेस्रो तथा अन्तिम टी२० इण्टरनेशनल क्रिकेट म्याचमा ३५ रनले पराजित गरी तीनवटा म्याचको सीरीज ३-० ले क्लीन स्वीप गऱ्यो। नवनियुक्त टी२० कप्तान श्रेयस अय्यरको यो पहिलो शृंखला जीत हो। हरारे स्पोर्ट्स क्लबमा आइतवार टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनायो। त्यसपछि आयोजक जिम्बाब्वेले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो। भारतको यस जीतमा ओपनर सूर्यवंशीको महत्त्वपूर्ण योगदान रह्यो। यस १५ वर्षीय ब्याटरले ४९ बलमा ८१ रन बनाए, जसमा आठवटा चौका र चारवटा चौका सामेल छ। म्याचमा पहिला ब्याटिंग गर्दै भारतलाई सूर्यवंशीको अर्द्धशतकले असल स्कोरसम्म पुऱ्यायो। अभिषेक शर्मा (२ रन)-लाई शुरुमै गुमाएपछि सूर्यवंशीले ईशान किशनसँग दोस्रो विकेटको निम्ति ७५ रनको पार्टनरशीप गरी स्कोर ९५ रनसम्म पुऱ्याए। त्यसपछि सूर्यवंशीले कप्तान श्रेयस अय्यरसँग मिलेर तेस्रो विकेटको निम्ति ५० रन जोड़े। किशनले २९ र श्रेयसले २७ रन बनाए। अन्तमा रिंकू सिंहले १४ बलमा २५ रन बनाएर भारतलाई १९२ रनसम्म पुऱ्याए। तिलक वर्मा ११ रनमा अविजित रहे।विशाल लक्ष्यको दबाउमा परेर जिम्बाब्वेको शुरुवात खराब रह्यो अनि ३४ रनमै ३ विकेटको पतन भइसकेको थियो। त्यसपछि रेयान बर्लले अविजित ५४ रन बनाएर अन्तसम्म लड़ाइँ गरे पनि टोलीलाई बचाउन सकेनन्। उनले ४३ बल खेलेर ५ वटा चौका लगाए। यसबाहेक वेस्ली माधेवेरेले २८, बेन कुरेनले २० र डियोन मायेर्सले १९ रनको योगदान दिए। कप्तान सिकन्दर रजाले फेरि एकपल्ट खाता नखोली आउट भए। भारतीय बलरहरूमा मयंक यादवले सर्वाधिक ३ विकेट लिए। यसबाहेक यश ठाकुरले पनि २ विकेट लिए। सूर्यवंशीलाई प्लेयर अफ द म्याच चयन गरियो।









