भाजपाद्वारा सुबेदार बस्ती वार्ड नम्बर १६ मा सर सफाई

c28a6fb8-3f1e-4e3e-924f-14866305319b

खरसाङ: भारतीय जनता पार्टी बुथ नम्बर २०८ सुबेदार बस्ती वार्ड नम्बर १६ का अध्यक्ष रजनी सुब्बाको अगवाईमा समस्त गाउँ वरिपरि क्षेत्रहरुमा सर सफाई एवं ब्लिचिङ छर्ने कार्यक्रम सम्पन्न गरिएको छ। यहाँ जनसाधारण बालबालिका बिशेष गरी वृद्ध अवस्थामा रहेकाहरुलाई हिँड्नु धेरै नै असुविधा भईरहेका थियोे। गाउँ बासिन्दाहरुको भनाइ अनुसार पहिले पहिले गाउँमा नगरपालिकाबाट हरेक वर्ष ब्लिचिङ छर्ने गरिन्थ्यो तर हिजोआज यस्तो कार्य नगरपालिकाबाट हुँदैन। हजुरहरु साथै भाजपाकाे टाेलीले अति असल कार्य गर्नु भएको छ। हामी सम्पूर्ण भाजपा टाेलीलाई धन्यवाद दिन्छाैँ। अध्यक्ष रजनी सुब्बाले भनिन् ‘भारतीय जनता पार्टीले गाउँ स्वच्छ र सफाई राख्नु हरेक वार्डहरुमा सफाई कार्यक्रम गरिरहेका छन्।
यस्तै प्रकारले आज हामीले खरसाङ नगरपालिका अन्तर्र्गत पर्ने बुथ नम्बर २०८ सुबेदार बस्तीमा सर साफई मात्रै नभएर ब्लचिङ पनि छर्ने कार्य गरेका छाैँ। आगामी दिनहरूमा पनि जनसाधारणलाई सुविधा पुग्ने हरेक कुरा हामी अघि आएर कार्य गर्नेछाैभ। यस सफाई कार्यक्रममा २०८ बुथ प्रमुख मिठठु सुब्बा, बुथ अध्यक्ष रजनी सुब्बा, नारी अध्यक्ष उमा गुरुङ, युवा अध्यक्ष सुरज सार्की, १२ नम्बर मण्डल सदस्य मनाेजकुमार छेत्री, सचिव इशान गुरुङकाे विशेष उपस्थिति थियो। यसको साथै नारी सदस्य, युवा मोर्चा सदस्य एवं कार्यकर्ताहरुकाे बिशेष सहयाेगमा सफाई कार्यक्रम सफल भएको जानकारी कार्यकारी सदस्य एल्जिन ब्राह्मणले दिएका छन्।

About Author

Advertisement