सोनादा कलाकार मञ्चको पहिलो स्थापना दिवस कार्यक्रम सम्पन्न

62d8ebdc-0afb-4860-af18-774a90384c59

सोनादा: सोनादा कलाकार मञ्चको पहिलो स्थापना दिवस मञ्चका अध्यक्ष अमूल गुरूङको सभापतित्वमा सम्पन्न भयो। स्कट्स मिशन प्राथमिक पाठशाला भवनमा आयोजित उक्त कार्यक्रममा मुख्य अतिथिको रुपमा सुर तरङ संगीत महाविद्यालयका प्राचार्य देवकुमार प्रधान, विशिष्ट अतिथिहरूमा सोनादा आउटपोस्टका प्रभारी विवेक छेत्री, ट्राफिक प्रभारी सबिन दर्नाल, लोवर सोनादा ग्राम पञ्चायत उप प्रधान थिलेन लामा, सद्भावना वरिष्ठ नागरिक मञ्चका जेके राई लगायत अन्यहरु उपस्थित रहेका थिए। मञ्चका मूलसचिव सुनिल छेत्रीद्वारा स्वागत सम्भाषण तथा मञ्चको वार्षिक प्रतिवेदन प्रस्तुत गरियो। कार्यक्रममा सांस्कृतिक अनि साङ्गीतिक प्रस्तुतिका साथ गायक कर्म शेर्पा, शिक्षक डा इगम खालिङ, फुट्बल खेलाडी रोशन सुब्बा लगायत माध्यमिक अनि उच्चतर माध्यमिक परिक्षामा उत्कृष्ट अंकमा उत्तीर्ण छात्रा सेन्जा प्रधान अनि श्रद्धा गुरुङ्ग, कराते खेलाडी सिमरन छ्त्रीलाई सम्वर्ध्दना जनाईयो। कार्यक्रममा सोनादा आउटपोस्टका प्रभारी विवेक छेत्री, ट्राफिक प्रभारी सबिन दर्नाल, कन्टेन्ट क्रिएटर पवन सुब्बा,सागर तामङलाई स्मृति चिन्हद्वारा सम्मान जनाइयो। सगरमाथा म्यूजिकल व्याण्डका मसिना कलाकारहरूको गीत प्रस्तुतिका साथ साथै कार्यक्रममा मञ्चका नयाँ सदस्यहरूलाई पनि खदा लगाएर स्वागत गरियो। सोनादा कलाकार मञ्चको मूल उद्देश्य नै नयाँ तथा मञ्च नपाएका पुराना कलाकारहरूलाई मञ्च प्रदान गर्नु हो। कार्यक्रम अमर शर्मा अनि चन्दन लकान्द्रीले सञ्चालन गरेका थिए भने सोनादाका विभिन्न क्षेत्रबाट दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो। अन्तमा अमुल गुरूङद्वारा धन्यवाद तथा अध्यक्षको वक्तव्य पश्चात कार्यक्रमको अन्त्य गरियो।

About Author

Advertisement