गोजपुको ११३ वर्षको इतिहासमा गोमा सुब्बा बनिन् प्रथम नारी महासचिव

30356759-d797-4fec-ab99-8ab83b8e0b85

खरसाङ: सन् १९१३ मा स्थापित भारतमा गोर्खा जातिको पहिलो सामाजिक एवम् साहित्यिक संस्था साथै गोर्खा जातीय धरोहर गोर्खा जनपुस्तकालय खरसाङको ११३ वर्षको इतिहासमा प्रथम नारी महासचिव बनिन्
वरिष्ठ उद्घोषिका एंव शिक्षिका गोमा सुब्बा। समाजसेवी, पत्रकार, नाट्य कलाकार, पूर्व समाचार वाचिकाको रूपमा समेत परिचित सुब्बाले दागोपापकालमा इक्लेजियास्टिकल विभागमा सह निर्देशकको पदमा समेत सफलतापूर्वक कार्य गरिसकेकी छन्। गोर्खा जनपुस्तकालयको पूर्व कार्यकारिणी समितिमा उनी सह सचिवको पदमा आसिन थिइन्।
गोजपुको ११३ वर्षको इतिहासमा प्रथम नारी महासचिव चयन भएकोमा सबैले हर्ष प्रकट गर्दै उनलाई बधाई दिएका छन् अनि आफ्नो अनुभवको आधारमा पुस्तकालयको गरिमा र श्रीवृद्धि गर्न सफलता प्राप्त गर्ने सबैले आशा व्यक्त गरेका छन्।

About Author

Advertisement