लक्ष्मी ग्रुपलाई ‘उत्कृष्ट पॉश सुशासन तथा अनुपालन पुरस्कार २०२६’

8617bc22-d8ed-4234-b839-dbcd58426bfe

काेलकाता: ​भारतका पूर्व विदेश सचिव र राज्यसभा सदस्य हर्षवर्धन श्रृंगलाले लक्ष्मी ग्रुपकी लक्ष्मी लिम्बू, रुद्र च्याटर्जी तथा सम्पूर्ण लक्ष्मी ग्रुप टोलीलाई प्रतिष्ठित ‘एक्सीलेन्स इन पॉश गभर्नेन्स एण्ड कम्प्लायन्स अवार्ड २०२६’ प्राप्त गरेकोमा बधाई ज्ञापन गर्नुभएको छ।
​यो राष्ट्रिय सम्मानले चिया बगान तथा संस्थागत क्षेत्रमा कार्यरत महिलाहरूका लागि सुरक्षित, समावेशी र सशक्त कार्यस्थल निर्माण गर्न लक्ष्मी ग्रुपले देखाएको निरन्तर प्रतिबद्धतालाई उच्च कदर गरेको छ।
​आफ्नो शुभकामना सन्देशमा पूर्व विदेश सचिव श्रृंगलाले चिया उद्योग क्षेत्रमा महिला सुरक्षा, सम्मानजनक वातावरण र सशक्तिकरणका नयाँ मापदण्डहरू स्थापना गर्न लक्ष्मी ग्रुपले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सफलताको निरन्तरताको कामना गर्नुभएको छ।

About Author

Advertisement