मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त
गान्ताेक: सिकिमका मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘फर्मर लेजिस्लेटर्स फेडरेसन अफ सिकिम’ (सिकिमका पूर्व जनप्रतिनिधि/विधायकहरूको महासङ्घ) को २४औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री तामाङले राज्यमा लोकतन्त्रको सुदृढीकरण र जनसेवामा महासङ्घले पुर्याएको योगदानको सराहना गरेका छन्।
”पूर्वविधायकहरूको अनुभव, ज्ञान र समर्पणले सिकिमको प्रगति र समावेशी विकासको यात्रालाई निरन्तर प्रेरणा र मार्गदर्शन गरिरहेको छ,” मुख्यमन्त्री गोलेले उल्लेख गरेका छन्।
यस खुसीको अवसरमा उनले महासङ्घका सम्पूर्ण सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु, सुख-शान्ति तथा निरन्तर समाजसेवाका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।









