कारगिल विजय दिवस: मुख्यमन्त्री गोलेद्वारा देशका वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

photocollage_2026424151652596

गान्ताेक: कारगिल विजय दिवसका ऐतिहासिक अवसरमा सिकिमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले सन् १९९९ को कारगिल युद्धका अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
​मुख्यमन्त्री गोलेले राज्य सरकार र सम्पूर्ण सिकिमेली जनताका तर्फबाट सन्देश जारी गर्दै देशको सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि असाधारण साहस, अदम्य सङ्कल्प र सर्वोच्च बलिदान दिने वीर योद्धाहरूको स्मरण गरेका हुन्।
​आफ्नो सन्देशमा मुख्यमन्त्रीले भनेका छन्, “कारगिलका अमर सहिदहरूलाई सम्मान व्यक्त गर्दै हामी देशको सीमानामा रातदिन खटिएर अतुलनीय समर्पण र निस्वार्थ भावनाका साथ राष्ट्र रक्षा गरिरहेका सशस्त्र बलका वीर जवानहरूप्रति पनि गहिरो कृतज्ञता व्यक्त गर्दछौँ।”
​जवानहरूको अद्भूत साहसले हरेक भारतीय नागरिकलाई प्रेरित गर्ने र देशभक्ति तथा बलिदानको वास्तविक अर्थ सम्झाउने उनले बताए। हाम्रा वीर सैनिकहरूको यो महान् विरासतले राष्ट्रको एकता, शान्ति र सुरक्षालाई अझ सुदृढ बनाउने हाम्रो सङ्कल्पमा थप बल पुर्‍याउने विश्वास मुख्यमन्त्री गोलेले व्यक्त गरेका छन्।

About Author

Advertisement