अर्जुन अवार्ड विजेता जशलाल प्रधान राष्ट्रमण्डल खेलकुद २०२६ का लागि अब्जर्भर नियुक्त

FB_IMG_1784803192404

गनन्ताेक: सिक्किम अमेच्योर बक्सिङ एसोसिएसन (साबा) का अध्यक्ष तथा प्रतिष्ठित ‘अर्जुन अवार्ड’ विजेता जशलाल प्रधान ‘राष्ट्रमण्डल खेलकुद (कमनवेल्थ गेम्स) २०२६’ का लागि अब्जर्भर (पर्यवेक्षक) नियुक्त भएका छन्।
​आउँदो जुलाई २३ देखि अगस्ट २ (श्रावण ७ देखि १७ गते) सम्म स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने कमनवेल्थ गेम्सका लागि भारतीय बक्सिङ महासङ्घ (बीएफआई) ले उनलाई उक्त जिम्मेवारीमा मनोनीत गरेको हो।
​प्रधानको यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै सिक्किम अमेच्योर बक्सिङ एसोसिएसनले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। एसोसिएसनका अनुसार यो उपलब्धि बक्सिङ जगत्का लागि मात्र नभई सिङ्गो सिक्किम राज्यकै लागि गर्वको विषय हो।
​भारतीय बक्सिङको विकास र विस्तारमा दशकौँदेखि पुर्याएको योगदान, निष्ठा र अनुभवको कदर गर्दै उहाँलाई विश्वस्तरीय खेलकुद प्रतियोगितामा यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको एसोसिएसनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
​प्रधानको यस सफलताले सिक्किमका उदीयमान खेलाडीहरूलाई प्रेरणा मिल्ने र अन्तर्राष्ट्रिय मञ्चमा भारतीय बक्सिङको साख अझ उच्च हुने विश्वास व्यक्त गरिएको छ।

About Author

Advertisement