सोरेङका जिल्लापालको अध्यक्षतामा राजनीतिक दलहरूसँग साप्ताहिक बैठक सम्पन्न

FB_IMG_1784802031656

सोरेङ: सोरेङका जिल्लापाल (डीसी) एवम् मुख्य निर्वाचन अधिकारी धिरज सुवेदीको अध्यक्षतामा जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग साप्ताहिक बैठक सम्पन्न भएको छ।

बैठकमा जिल्लापाल सुवेदीले मतदाता नामावलीको वर्तमान स्थिति, म्यापिङ नभएका मतदाता, तार्किक त्रुटि (लॉजिकल डिस्क्रिपेंसी) भएका मतदाताको विवरण, सम्पन्न भएका तथा निर्धारित सुनुवाइहरू र फाराम ६, ७, ८, ९, १०, ११, ११-ए र ११-बी को स्थितिबारे विस्तृत जानकारी प्रस्तुत गरे।
​छलफलका क्रममा निर्वाचनसम्बन्धी मुख्य विषयहरू प्रस्तुत गरिएका थिए। जसअन्तर्गत तार्किक त्रुटि भएका मतदाताहरूका लागि सुनुवाइको मिति तय गरिएको छ। यस्ता त्रुटिहरू सच्याउनका लागि बुथ लेभल अफिसर (बीएलओ) हरूले सम्बन्धित मतदाताको प्रतिबद्धता पत्र र आवश्यक प्रमाण कागजातहरू अपलोड गर्न सक्ने निर्णय भएको छ।
​बैठकमा सोरेङका अतिरिक्त जिल्लापाल (एडीसी) डिआर बिष्ट, उप-विभागीय मजिस्ट्रेट (मुख्यालय) प्रेम के सुब्बा, उप-विभागीय मजिस्ट्रेट (सोरेङ) साक्चुम लेप्चा, सहायक निर्देशक (निर्वाचन) एमके गुरुङका साथै भारतीय जनता पार्टी (बीजेपी), सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लगायतका राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement