६५औँ अन्तर-विद्यालय सब-सुब्रतो कप सिलगढीमा सुरु, भाइचुङ भुटियाद्वारा उद्घाटन

FB_IMG_1784832744352

सिलगढी: ६५औँ अन्तर-विद्यालय प्रिपरेटरी सब-सुब्रतो मुखर्जी कप फुटबल प्रतियोगिता बिहीबारदेखि सिलगढीमा औपचारिक रूपमा सुरु भएको छ। आगामी साउन ९ गते (जुलाई २५) सम्म सञ्चालन हुने तीन दिने यस प्रतियोगिताको भव्य उद्घाटन कञ्चनजङ्घा स्टेडियममा सम्पन्न भएको हो।
​प्रतियोगिताको उद्घाटन समारोहमा पद्मश्री पुरस्कारबाट सम्मानित पूर्व भारतीय फुटबल कप्तान भाइचुङ भुटिया मुख्य अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै भुटियाले भने, “यस्ता ग्रासरुट स्तरका प्रतियोगिताहरूले नै नयाँ खेलाडीहरूको उज्ज्वल भविष्य तय गर्छन्। म स्वयं पनि कुनै समय यही प्रतियोगिताको उपज थिएँ, जसले मलाई खेल क्षेत्रमा अघि बढ्न ठूलो मद्दत गर्‍यो।”
​प्राप्त विवरण अनुसार उत्तर बङ्गालका विभिन्न जिल्लाका उत्कृष्ट विद्यालय टोलीहरूले यस प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्। कञ्चनजङ्घा स्टेडियम र तराई तारापद आदर्श विद्यालयको मैदानमा दैनिक तीन वटा खेलहरू सञ्चालन हुने आयोजकले जनाएको छ।

About Author

Advertisement