सिलगढी: उत्तर बङ्गाल क्षेत्रका पुलिस महानिरीक्षक (आईजी) सुकेशकुमार जैन (आईपीएस) सँग राज्य मंत्री र कालचीनी का विधायक विशाल लामाले शिष्टाचार भेटघाट गरेका छन्। सिलगढीस्थित आईजी कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटका क्रममा उत्तर बङ्गाल क्षेत्रको शान्ति-सुरक्षा, जनसुरक्षा तथा आम नागरिकको हित र सुरक्षाका लागि आपसी समन्वयलाई अझ सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको जनाइएको छ।
मंत्री लामाले आईजी जैनले देखाएको न्यानो आतिथ्यता तथा बहुमूल्य समयका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि जनसेवाका लागि निरन्तर सहकार्य रहने विश्वास व्यक्त गरेका छन्।









