बागडोगरा विमानस्थलबाट टीएमसीका पूर्व जिलाध्यक्ष गिरफ्तार​

untitled-design-16-1784719182

बागडोगरा: ​तृणमूल कांग्रेस (टीएमसी) का पूर्व जिलाध्यक्ष अभिजीत डे भौमिकलाई बुधबार बागडोगरा विमानस्थलबाट काेचबिहार पुलिसले गिरफ्तार गरेको छ। गुप्त सूचनाका आधारमा छापामारी गरी पुलिसले उनलाई विमानस्थल परिसरबाटै नियन्त्रणमा लिएको हो।​ अचानक भएको यस गिरफ्तारीपछि स्थानीय राजनीतिक वृत्तमा हलचल मच्चिएको छ। गिरफ्तारीपछि प्रहरीले भौमिकलाई नियन्त्रणमा लिएर काेचबिहारतर्फ लगेको छ।​कुन मुद्दा र कस्तो कसुरअन्तर्गत उनलाई गिरफ्तार गरिएको हो भन्नेबारे प्रहरी प्रशासनका तर्फबाट आधिकारिक पुष्टि हुन बाँकी छ। घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

About Author

Advertisement