बागडोगरा: तृणमूल कांग्रेस (टीएमसी) का पूर्व जिलाध्यक्ष अभिजीत डे भौमिकलाई बुधबार बागडोगरा विमानस्थलबाट काेचबिहार पुलिसले गिरफ्तार गरेको छ। गुप्त सूचनाका आधारमा छापामारी गरी पुलिसले उनलाई विमानस्थल परिसरबाटै नियन्त्रणमा लिएको हो। अचानक भएको यस गिरफ्तारीपछि स्थानीय राजनीतिक वृत्तमा हलचल मच्चिएको छ। गिरफ्तारीपछि प्रहरीले भौमिकलाई नियन्त्रणमा लिएर काेचबिहारतर्फ लगेको छ।कुन मुद्दा र कस्तो कसुरअन्तर्गत उनलाई गिरफ्तार गरिएको हो भन्नेबारे प्रहरी प्रशासनका तर्फबाट आधिकारिक पुष्टि हुन बाँकी छ। घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।










