सिलगढी: सिलगढी ट्राफिक पुलिसको आयोजनामा विशाल मोड क्षेत्रमा भक्तिनगर ट्राफिक गार्डअन्तर्गत हेलमेट वितरण तथा ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सडक सुरक्षालाई प्रवर्द्धन गर्ने र सवारी चालकहरूलाई ट्राफिक नियम पालना गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रम पुलिस उपआयुक्त (ट्राफिक) काजी समसुद्दीन अहमद (आईपीएस) र सहायक पुलिस आयुक्त (ट्राफिक मुख्यालय) सुबीर दत्ताको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रमका क्रममा सर्वसाधारणलाई हेलमेट वितरण गर्दै सुरक्षा कवचको प्रयोग र ट्राफिक नियमको पालनाबारे सचेत गराइएको थियो। यसका साथै कर्तव्यपालनमा समर्पित पुलिस अधिकारी, कन्स्टेबल र सिभिल भोलिन्टियरहरूलाई उनीहरूको योगदानको उच्च कदर गर्दै रेन किट (वर्षादी) वितरण गरिएको थियो। यसले उनीहरूलाई थप मनोबलका साथ सेवामा निरन्तर खटिन प्रोत्साहन मिल्ने विश्वास लिइएको छ।









