गान्तोक: सिक्किम विधानसभाको वित्तीय वर्ष २०२६–२७ को बजेट सत्र (एघारौँ विधानसभा – चौथो सत्र, भाग-२) को अवसरमा आज माननीय राज्यपाल ओम प्रकाश माथुरले सदनलाई सम्बोधन गर्नुभएको छ।
आफ्नो सम्बोधनका क्रममा राज्यपाल माथुरले सिक्किम राज्यको आर्थिक विकासको चर्चा गर्दै कृषि तथा ग्रामीण विकास, शिक्षा क्षेत्रका उपलब्धि, पर्यटन, स्वास्थ्य सेवा, महिला तथा युवा सशक्तीकरण र वातावरणीय क्षेत्रमा हासिल भएका सफलताहरूलाई विशेष रूपमा रेखांकित गर्नुभयो।

उहाँले सिक्किमको वर्तमान विकास प्रक्रिया ‘सुनौलो, समृद्ध अनि समर्थ सिक्किम’ को परिकल्पनालाई साकार पार्ने दिशामा निरन्तर अघि बढिरहेको बताउनुभयो। साथै, यो प्रयासले सन् २०४७ सम्ममा ‘विकसित भारत’ बनाउने राष्ट्रिय दृष्टिकोण (भिजन) मा समेत सार्थक र महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास राज्यपाल माथुरले व्यक्त गर्नुभयो।









