महानदीदेखि सिविटारसम्म पुग्ने रोड अत्यन्तै खतरा अवस्थामा

IMG-20260710-WA0108

सडकको झट्टै मरमत्ति गरिनु पर्ने ‌माग

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदीदेखि सिविटारसम्म पुग्ने सडकको अवस्था अत्यन्तै खतरा अवस्थामा पुगेको छ।‌ हुन त महानदीदेखि सिविटारसम्म पुग्ने प्रधानमन्त्री ग्राम सडक परियोजनाको सडक मरमत्तिको कार्य चलिरहेको छ। सिविटारको कोडीडाँडादेखि मरमत्तिको कार्य गर्दै अलकत्रे रोड बनिन्दै तलबाट आईरहेको छ भने अलकत्रे रोड निर्माणको कार्य सिविटारको गुम्बाडाँडास्थित नेटवर्क डाँडा आईपुगेको छ। अब गैरी गाउँ हुँदै महानदीसम्म मरमत्तिको कार्य गरिनेछ। तर हालमा लगातार रुपमा परिरहेको बर्खाको पानीले रोड खोतलेर सडकको अवस्था अत्यन्तै खतरा अवस्थामा पुगेको छ। महानदीको जिरोदेखि ओह्रालो छ नम्बर गाउँसम्म रोडको अत्यन्तै खराब बनेको छ। रोडको बीच भागतिर ठूलो ठूलो खाल्डा परेकोले साना गाडीहरू, स्कुटी, बाइकहरु कुदाउन जोखिमपूर्ण बनेको छ।‌ त्यहीमाथि ठाउँ ठाउँमा नाली नभएकोले पानीहरु सबै सडकमा बगेकोले रोडभरि ढुंगाहरु र रोड छरिएर रोडभन्दा बगर नै बेसी बनिलको छ भने ठूल्ठूलो खाल्डाहरु बनेको छ जसले गर्दा गाडीहरु जोखिमपूर्ण बनेको छ।‌ सडक मरमत्तिको कार्य चलिरहेको भए पनि महानदीदेखि ओह्रालो छ नम्बरसम्म झट्टै मरमत्ति गरिनु पर्ने देखिएको छ। किनभने दैनिक रुपमा यो रोड भएर महानदी, खरसाङ जाने मानिसहरु साथै विद्यार्थीहरु हिँड्नुपर्छ। आपतकालीन रुपमा कोही बेला बिमारीहरु पनि लिएर जानुपर्छ। तर रोडभरि खाल्डै खाल्डा परेकोले कुनै पनि दुर्घटना हुनसक्ने आशंका बनेको छ।‌ यसको साथै बर्खा झरिमा यो रोड भएर गाडीहरु कुदाउन खतरा बनेको छ।

चालकहरुलाई यो रोड भएर गाडी कुदाउन निक्कै जोखिम बनेको छ। त्यसैले अलकत्रे रोड निर्माण हुन अघि केही समयको लागि भए पनि यो रोड मरमत्ति गरिनु आवश्यक देखिएको स्थानीयहिले माग गरेका छन्। रोडको अवस्थालाई हेरेर आगामी आईतवार बिहान 8 बजीदेखि रोड मरमत्ति गरिने जानकारी प्राप्त भएको छ।

About Author

Advertisement