हामी अब जनताको विभिन्न समस्याहरु समाधानको लागि काम गर्नुपर्छ: प्रणाम रसाइली
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सांगठनिक एंव पार्टी सुदृढीकरणको सभा सम्पन्न भएको छ।
उक्त सभा खरसाङस्थित पार्टी कार्यालयमा खरसाङ महकुमा समितिको सभापति प्रणाम रसाइलीको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई महकुमा सदस्य राजु छेत्रीले सञ्चालन गरेका थिए। यस सभामा केन्द्रीय समिति,खरसाङ महकुमा समिति, महकुमा समिति अन्तर्गत विभिन्न समष्टिका प्रतिनिधिवर्ग, पूर्व सभासदहरु, पूर्व पञ्चायत प्रधानहरु उपस्थित रहेका थिए। सभालाई भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसाङ महकुमा समितिको सदस्य भक्तिमान तामाङ, महकुमा सदस्य दुर्गा छेत्री, आशा मुखिया लामा, खरसाङ टाउन कमिटीको सचिव बीरबल पाख्रिनले वक्तव्य राखेका थिए। सभामा वक्ताहरुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले अब जातीय मुद्दाको लागि सबै राजनीतिक पार्टीहरुलाई एकै मञ्चमा ल्याउन पहल गर्ने, जनताको विभिन्न समस्याहरुलाई लिएर काम गर्ने, जनतकाो पक्षमा मजबूद भएर काम गर्ने बताएका छन्।
सभामा सभाको सभाध्यक्ष एंव खरसाङ महकुमा समितिको सभापति प्रणाम रसाइलीले आफ्नो सम्बोधनमा पार्टीको सांगठनिक गतिविधि र आगामी दिनमा पार्टीको तर्फबाट के कस्तो कार्यहरु गरेर लानु पर्ने भन्ने विषयमा जानकारी गराएका छन। उनले पार्टीमा एक व्यक्ति एक पद विषयमा जोड दिन्दै यस विषयमा काम गर्नु पर्ने बताए। रसाइलीले भने, ‘हाम्रो जातीय मागको लागि सबै राजनीतिक पार्टीहरु एकबध्द हुनुपर्छ। अबको समय जनताको लागि काम गर्नुपर्छ। जनताको विभिन्न समस्याहरुलाई समाधान गर्न काम गर्न आवश्यक छ। जनताको समस्याहरु विषयमा सरकारको ध्यानाकर्षण गराउन आवश्यक छ। एएसआईआरमा नाम काटिएकाहरुको समस्या समाधानको लागि काम गर्नुपर्छ। जनताको आवाज भनेर काम गर्नुपर्छ।’ सभामा खरसाङ महकुमा समितिमा र विभिन्न समष्टिहरुमा चयन गरिएका नयाँ पदाधिकारीहरुलाई महकुमा समितिको तर्फबाट खदार्पण गरेर स्वागत जनाएका छन्। सभामा पूर्व सभासद मणिप्रसाद राई, नारी शक्तिका केन्द्रीय अध्यक्षा अनु छेत्री, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, प्रेमेन्द्र गुरुङ, प्रेम प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले सभाको उद्देश्य र भावी कार्य योजनाहरु विषयमा विस्तृत जानकारी गराएका छन्। उनले बताए अनुसार सभामा खरसाङ महकुमा समिति र समष्टिहरुमा नयाँ पदाधिकारीहरु चयन भएपछि आधिकारिक रूपमा स्वागत जनाएका छन्। उनले जालमा डबल इञ्जिनको सरकार भएको बेला गोर्खाहरुको लामो समयदेखि रहेको माग र संवैधानिक अधिकार विषयमा गोर्खाहरु एकबध्द हुनुपर्ने आह्वान् गरेका छन्। उनले अब आफुहरु जनताको आवाज बनेर काम गर्ने भएको जानकारी गराएका छन्।










